कोरोनाबारे अफवाह फैलाउने २ जना पक्राउ


पोखरा । कोरोना भाइरसबारे अफवाह फैलाएको भन्दै पोखराबाट प्रहरीले २ जनलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत कोरोना जाँचको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको अभियोगमा पर्वतको मोदी गाउँपालिका ७ घर भई पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका ४ घर भई पोखरा नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड-१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुबैजनाले उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले बताए ।

उनकाअनुसार रिमाल र लम्सालले नेगेटिभ रिपोर्टलाई पोजेटिभ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाएको कसुरमा मुद्दा गदर्ता गरी म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार