दसैं भत्ता फिर्ता गर्न कांग्रेसका सांसदलाई देउवाको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।

पूर्वप्रधामन्त्री समेत रहेका सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दिइएको दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन्।

कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरिरहेका बेला देउवाले सोमबार यस्तो निर्देशन दिएका हुन् ।

कोरोना महामारीका बेला सांसदहरुलाई दसैं भत्ता बाँडिएको बिषयमा सर्वसाधारणकाट चर्को विरोध भएपछि भटाभट सांसदहरुले भत्ता फिर्ता गरिरहेका छन् ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्। संघीय सांसदहरूले ६४ हजार ७० रूपैयाँ दसैं भत्ता पाएका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार