कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू

काठमाडौं । कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरी कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको हो।

निजी विद्यालय तथा उच्च शिक्षालय सङ्घ (हिसान) लगायतले असहमती जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले मन्त्रालयले यसबारे धारणा सार्वजनिक गरेको हो ।

‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने मन्त्रालयका उपसचिव विदुरराज गिरीले बताए ।

उक्त नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार