
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले बिहीबार नयां मन्त्रिहरु सामेल गर्दै मन्त्रीमण्डललाई पुर्णता दिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ओली नेतृत्वको मन्त्रिमण्डल राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । ओलीले रक्ष मल्त्रालय आफैसंग राखेर तीन जना उपप्रधानमन्त्री बनाएका छन् ।
जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो उपप्रधानसहित सहरी विकास, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्रमन्त्री बनेका छन् ।
यसैगरी ओलीले गृहमन्त्रालयमा एमाले नेता खगराज अधिकारीलाई नियुक्त गरेका छन् । शरदसिंह भण्डारीलाई ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका छन् ।
यस्तै राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् भने लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार, लिलानाथ श्रेष्ठ कानुन ,रामबहादुर थापा बादल श्रीमती नैनकला थापा सञ्चारमन्त्री बनेकी छिन् ।
ओलीको नयां क्याविनेटमा ज्वाला कुमारी साह कृषि, विमल प्रसाद श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययन, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मिया युवा तथा खेलकुद, नारदमुनि राना वन मन्त्री बनेका छन् ।
यस्तै गणेश कुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानिया प्रधानमन्त्री कार्यालय हेर्नेगरी मन्त्री बनेका छन् ।
प्रधानमन्त्री ओलीले ३ जना राज्यमन्त्री बनाएका छन् । जसमा ऊर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरी, महिला तथा बालबालिका राज्यमन्त्रीमा रेणुका गुरुङ र वन राज्यमन्त्रीमा आशाकुमारी विक रहेका छन् ।











