काठमाडौं । गएराति गएको पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका ६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेका छन् ।
उनीहरुको गएराति आएको पहिरोले घर पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको पहिराले जिल्लाका अन्य क्षेत्रमा पनि पहिरो गइरहेको छ ।










