बलात्कार आरोपमा एक जना पक्राउ


काठमाडौं । बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका १ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याल रहेका छन् ।

उनले ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । सोही आरोपमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

उनले ति महिलालालाई आफुसँगै घर बनाउने काममा लगाएका थिए। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार