बाजुरामा जीप दुर्घटना, १२ जना घाइते


बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको वडा नम्बर ७ स्थित बाँधु बगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप आज दिउसो ४ बजेतिर दुर्घटना भएको वडा अध्यक्ष जय बहादुर अधिकारीले जानकारी दिए ।

उनकाअनुसार घाईते सबैको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । सडकको ओरालोमा जीप अनियन्त्रित हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार