
काठमाडौं। सरकारको सिफारीसमा नियुक्त भएका सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आज राष्ट्रपति भवन शीतल निवासमा सुदूरपश्चिमका देवराज जोशी, कर्णालीका तिलक परियार र प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
शेर बहादुर देउवा नेतृत्वको गठबन्धनको सिफारीसमा राष्ट्रपति भण्डारीले कात्तिक २३ गते तीनै प्रदेश प्रमुखहरुलाई नियुक्त गरेकी थिइन् ।










