
काठमाडौं । अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता भनेर प्रसिद्ध चिनियां कम्युनिष्ट नेता माओ–त्सेतुङ्गको आज १३०औं जन्म जयन्ती मनाइदैछ ।
२६ डिसेम्बरलाई माओत्से तुङको जन्मजयन्तीका रुपमा संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाउने गर्छन् । उनको जन्म २६ डिसेम्बर १८९३ मा चिनको हुनानस्थित शाओसान गाउँमा भएको थियो ।
चिनियां क्रान्तिका प्रसिद्ध नेता माओको जन्म जयन्तीकै दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा शपथ लिदैछन् । यसलाई राम्रो संयोगका रुपमा कम्युनिष्ट नेताहरुले लिएका छन् ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे गर्ने शीतलनिवासमा शपथ लिने तयारी छ । हिजो मात्रै नेकपा एमालेसहितका सात दलको नयां सत्ता गठबन्धनका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । काँग्रेससंगको सत्ता गठबन्धन भत्किएपछि एमालेसहितको नयां सत्ता गठबन्धन बनेको हो । काँग्रेसले प्रधानमन्त्रीमा प्रचण्डसंग सहमती कार्यान्वयन नगरेपछि नयां सत्ता गठबन्धन बनेको हो ।
भिडियो पनि हेरौं








