एमालेले बनायो महाधिवेशनका लागि ११ सदस्ययीय अध्यक्ष मण्डल


काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकले महाधिवेशनबाट नयाँ नेतृत्व छनौट गर्नुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल  बनाएको हो ।

अध्यक्ष मण्डलमा केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

अध्यक्षमण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ । जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार