
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २ सय ४ संक्रमित थपिएसँगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ६ सय ८८ जना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतलमले जनाकारी दिएका छन् ।









