थप ८ हजार बढीमा कोरोना पुष्टि ५ जनाको मृत्यु


काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार