
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको एतिहासिक मत पाएका छन् । आज दिनभर चलेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दा उनलाई एतिहासिक मत प्राप्त गरेका हुन् । संसदमा भएको मत विभाजनमा प्रचण्डले संसदमा उपस्थित २७० मध्ये २६८ सांसदको मत पाएका छन् भने २ सांसदले विपक्षमा मतदान गरेका छन् । प्रतिनिधिसभामा २७५ सांसद छन् । संसदीय व्यवस्थामा प्रचण्डले पाएको यो विश्वासको मतलाई असाधारण मानिएको छ ।
प्रधानमन्त्री प्रचण्लाई माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले विश्वासको मत दिएका थिए ।
उनलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्रै विपक्षमा मत हालेको थिए ।
भिडियो पनि हेरौं










