
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको जारी मतगणनाको पछिल्लो अपडेटमा स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा जारी मत गणनामा १५२ मत गणना भइससक्दा बालेन ५७, सिर्जना ४४, स्थापित ४२ र राप्रपाले ९ मत पाएका छन् ।
अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको छ । देशकै राजधानीको महानगर भएकाले कसले मेयरमा बाजी मार्ला भन्ने निकै चासोको बिषय छ । बालेनको उम्मेदवारीले काठमाडौंको चुनावीमाहोल झन तातेको छ । जितका लागि सबैका आ-आफ्नै आधार र दावी रहेका छन् । सिर्जना सत्ता गठबन्धनको साझा उम्मेदवार भएकाले उनको जितबारे पनि विभिन्न आकंलनहरु भइरहेका छन् । ३ लाख २ सय ४२ मतदाता रहेको महानगरमा १ लाख ९० हजार १ सय ७० मत खसेको छ ।
भिडियो पनि हेरौं









