
काठमाडौ । काठमाडौं महानगरको मेयरमा बालेन साहले दोब्बर मतको अग्रता कायमै राखेका छन् । राष्ट्रिससभा गृहमा जारी मतगणनाको पछिल्लो ताजा मत परिणाअनुसार बालेनले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पारेका छन् । उनले ५८ हजार ८५० मत गन्दा २२ हजार ८४२ मत प्राप्त गरेका छन् । यो संख्या उनका प्रतिस्पर्धी एमालेका केशव स्थापित र काँग्रेसकी सिर्जना सिंह दुबै मत भन्दा बढि छ ।
स्थापितले ११ हजार ७६९ मत पाएक छन् भने सिर्जनाले १० हजार ९८६ मत पाएकी छन् । अहिले गणना भइरहेका सबै १२ वटा वडाहरुमा बालेनको नै अग्रता रहेको देखिन्छ ।
बालेनको यो अग्रतालाई ठुला दलका उम्मेदवारले अप्रत्यासित बताइरहेका छन् । तर, बालेनका सर्मथकहरुले जनताको ठुलो साथ र भरोसाको नजिता आइरहेको बताइरहेका छन् ।








