जनकपुरधाम । जनकपुरमा एक युवकमाथी छुरा प्रहार भएको छ ।
जिल्लाको जनकपुर उपमहानगरपालिकाका मुनजाई राउतमाथी छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट राउत गम्भीर घाइते भएका छन् ।
आफ्नो घरतर्फ गइरहेका बेला २६ बर्षीय राउतमाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले चक्कु प्रहार गरेका े जिल्ला प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
छुरा प्रहारबाट राउतको पिठ्यूँमा गहिरो चोट लागेको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
राउतमाथि चक्कु प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










