
काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रकासले नेकपा एमाले सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् ।
आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै नेता श्रेष्ठले एकपटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी हुन नसक्ने भन्दै एमाले सच्चिएर आएमा सहकार्य गर्न सकिने नेता बताएका हुन्।
वामपन्थी दलबीच फेरि सहकार्य हुन सक्ने संकेत गर्दै नेता प्रकासले एक पटकको प्रतिगामी सधैं प्रतिगामी नै हुन्छ भन्न नसकिने समेत बताए।
‘एकपटक प्रतिगमनमा संलग्न भएको शक्तिले नयाँ ढंगले सच्चिएर आयो भने आत्मसमीक्षा गरेर नयाँ ढंगले जाउँ भनेर आयो भने आत्मसमीक्षा गरेर जाने तत्परता प्रदर्शन गर्यो भने नयाँ ढंगले जान सकिन्छ’, नेता श्रेष्ठले भने । राजनीतिमा कसैले पनि हठ र पूर्वाग्रहका आधारमा सोच्ने काम गर्न नहुने उनको भनाई छ।
केपी ओली नेतृत्वको सरकारले हिजो सत्तामा रहँदा दुई दुई चोटी संसद विघटन गरेर प्रतिगमन गरेको र त्यसलाई परास्त गर्दै आफुहरुले संविधान र लोकतन्त्र बचाएको दावी गरे । अब कसैले फेरी पनि त्यसरी नै असंवैधानिक कदम चाल्न दुस्साहस नर्गन उनले सबैमा अनुरोध पनि गरे ।
‘निश्चित रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो गल्ती गर्यो, २–२ पटक प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन थियो । हामीले संघर्ष गरेर संविधान र लोकतन्त्रलाई ल्यायौँ, अब फेरि त्यस प्रकारको प्रतिगामी कदम कसैले पनि चाल्ने दुस्साहस कसैले नगरोस् । पटक–पटक प्रतिगनविरुद्ध संघर्ष गरिरहनुपर्ने अत्यन्तै दुःख लाग्दो स्थिति व्यहोर्नु नपरोस्’, श्रेष्ठले भने ।
एमाले अध्यक्ष ओलीले चालेको प्रतिगामी कदमविरुद्ध लड्न पाँच दलिय गठबन्धन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाएको उनले बताए ।












