काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरुको उपचारका लागि आवश्यक सामाग्री चीनबाट नेपाल ल्याइएको छ । आइतबार विहान संक्रमितको उपचारका लागि चाइने स्वास्थ्य सामग्री चीनबाट नेपाल एयरलाइन्सले ल्याएको हो ।
चीनबाट कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री ल्याइएको बताइएको छ ।
स्वास्थ्य सामग्री लिन शनिबार मध्याह्न वाइबडी चार्टर विमान ग्वाङ्झाओ गएको थियो ।














