
काठमाडौं । नेकपा एमालेले गठबन्धन भत्काउन प्रधानमन्त्रीको कार्ड फालेको खबरहरु आइरहेका बेला नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफु कुनैपनि लालचमा नपर्ने प्रष्ट पारेका छन् ।
कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि आज सुर्खेत पुगेका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने प्रस्ट पारेका हुन ।
उनले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म सत्ता गठबन्धन कायम गरिने समेत बताएका छन् । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै अध्यष नेपालले आफूलाई कुनै लालच नभएको बताए ।
कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । प्रतिपक्षी पद नेकपा एमालेले बजेटलाई चुनाव जित्ने दाउ भन्दै टिपण्णी गरिरहेको छ । यसैबीच, एमालेले सत्ता गठबन्धन भत्काउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउने गरी आगामी चुनावमा मिलेर जाने भन्ने खबरहरु बाहिर आइरहेका बेला नेता नेपालले यसबारे प्रष्ट पारेका हुन् ।














