नाताशाह भनिएको उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री

 

काठमाडौं । उत्तर कोरियामा पहिलो पटक विदेशमन्त्रीमा महिला नियुक्त भएकी छन् । तानाशाह शासन भनेर प्रचार गरिएको उत्तर कोरियामा पहिलो पटक महिला चोए सोन हुई विदेशमन्त्री बनेकी हुन् ।

अनुभवी कूटनीतिज्ञ मानिने हुईले यसअघि उपविदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । यसअघि री सोन ग्वोन विदेशमन्त्री थिए। कूटनीतिक सेवाबाट आएकी हुईले उत्तार कोरियासंग विभिन्न देशले वार्ता गर्दा उनको महत्त्वपूर्ण भूमिका रहँदै आएको थियो । हुई अंग्रजी भाषामा पनि राम्रो दख्खल राख्छिन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखर बैठकमा हुईको महत्वपुर्ण भूमिका रहेको थियो । विश्व राजनीति र कुटनीति राम्रोसंग बुझेकी हुईले उत्तर कोरियाली सरकारको विदेश मन्त्रालयमा प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ ।
उत्तर कोरियामा विगत लामो समयदेखि कम्युनिष्ट सत्ता छ । उसका विरोधीहरुले उत्तर कोरियामा तानाशाह शासन रहेको प्रचार गरिए त्यहाँको सरकार जनताप्रति निकै उत्तरदायी रहेको बताइन्छ ।

विश्वशक्ती राष्ट्र अमेरिका र उत्तत्तर कोरियाबीच विवाद रहँदै आएको छ । अमेरिकाले उत्तर कोरियामाथि पटक पटक आक्रमणका धम्की र विभिन्न नाका बन्दी समेत गर्दै आएको छ । तर उसले अमेरिकाको डटेर सामाना गर्दै आएको छ । उत्तर कोरियाले आणविक हतियार उत्पादन गरेर विश्वलाई चुनौती दिइरहेको समेत चर्चा हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार