युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशमै अवसर दिनुपर्छ- प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशकै माटोमा जीविकोपार्जनको अवसर दिनुपर्नेमा जोड दिएका छन् ।

आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा गरेको एक कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका रहने भएकाले उनिहरुलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशमै अवसर दिनुपर्नेमा जोड दिएका हुन् ।

सरकारले पनि युवा उद्यमशीलतालाई प्राथमिकता दिएको देउवाले बताए । उनले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।

प्रधानमन्त्री देउवाले सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्यसम्पादन गरी युवा परिषदले युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताए। प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तरपुस्ता सीप हस्तान्तरको चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा लिँदै अघि बढ्नुपर्ने बताए । अन्तर्राष्ट्रिय युवा दिवसजस्ता कार्यक्रमले समतामूलक शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुग्ने उनको भनाई छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार