
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनले भनाई छ ।
‘जबरजस्ती धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो’, नेता थापाले आज टुईटरमा लेखेका छन् ।
राप्रपा फुटेर अलग पार्टी निमार्ण गरिसकेपछि नेता थापा राजतन्त्रको विरुद्धमा उभिएका छन् ।










