कालीमाटीमै सुविधा सम्पन्न तरकारी र फलफुल बजार खुल्दै, स्टल धमाधम बुकिङ

काठमाडौं । काठमाडौको कालीमाटीमा अर्को सुविधा सम्पन्न तरकारी तथा फुलफुल बजार खुल्ने भएको छ । कालीमाटी फलफुल तथा तरकारी बजारको उत्तरपट्टी गेट नजिक सुविधा सम्पन्न उमंग कृषी बजार खुल्न लागेको हो ।

चार तले नयां भवनमा भोलीदेखि उमंग कृषी बजार संचालनमा आउनेछ । उक्त कृषी बजारमा हालका लागि ६० वटा स्टल रहेको र केहि दिनमै ब्यवसायी र उपभोक्तालाई मध्यनजर गर्दै ८० वटा स्टलहरु संचालनमा ल्याइने बजारका अध्यक्ष मधुवाला सिंहले अनमोलपोस्टलाई जानकारी दिइन । उनकाअनुसार स्टल बुकिङ असोज २० गतेसम्म गरिनेछ ।

चार तले उक्त भवनभित्र संचालनमा ल्याइएको कृषी बजारमा तरकारी तथा फलफुलसंगै खाना, खाजा, बेकरी, डेरी, सैलुन लगायतका पसलहरु पनि संचालन गर्न सकिने गरी स्टलहरु बनाइएको अध्यक्ष सिंहले बताइन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार