
चितवन । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेक छन् । १०० मत गन्दा लामिछानेले ८८ मत पाएका छन् । मत गणनाअनुसार लामिछानेले ४ हजार ७ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । त्यस्तै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।
त्यस्तै चितवन क्षेत्र नम्बर १ मा पनि लामिछानेको पार्टीले अग्रता कायम राखेको छ। त्यहाँ उम्मेदवार हरि ढकालले ६ हजार ३६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले ५ हजार ३९९ र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. विश्वनाथ पौडेलले ५ हजार २९५ मत पाएका छन् ।











