
काठमाडौ । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपछि आयोग चुनावको प्रतिवेदन तयारीमा जुटेको हो । संघ र प्रदेसको अन्तिम नजिता आइसके पनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी रहेकाले सोमबार राति १२ बजेसम्म गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन पनि दिएको जनाएको छ ।
‘आयोगका अनुसार बाजुरा, दोलखा र स्याङजाको समानुपातिक मत गणना जारी छ । ति जिल्लाको मत गणना आज राति १२ बजेभित्र पठाउन निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकरी दिए । आयोगले २८ गतेभित्र निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाउँने तयारी गरेको उनले बताए ।
आयोगले दलहरुलाई समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको नाम पठाउन कानुनअनुसार ७ दिन म्याद दिने ब्यवस्था भएपनि छिटो गर्न तीन दिनको समय दिन लागिएको आयुक्त थपलियाले बताए ।
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ । जसअनुसार प्रतिनिधि सभाका ५७ क्षेत्रमा जित हासिल गर्दै नेपाली कांग्रेस पहिलो पार्टी, नेकपा (एमाले) ले ४४ क्षेत्र जितेर दोस्रो पार्टी र सत्ता गठबन्धनको एक प्रमुख घटक माओवादी केन्द्र १८ क्षेत्रमा जित हासिल गर्दै तेस्रो पार्टी बनेको छ ।
त्यस्तै सत्ता गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी) ले १० सिट जित्दै चौथो पार्टी बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात सात क्षेत्रमा जिते हासिल गरेका छन् । सत्ता गठबन्धनभित्रको लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ । सा गठबन्धनकै राष्ट्रिय जनमोर्चाले एक क्षे जितेको छ । नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले पनि एक एक सिट जितेका छन् । आयोगकाअनुसार देशभर ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
त्यसैगरी, प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये १११ क्षेत्रमा जित हासिल गदैृ नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ । ९१ क्षेत्र जितेर एमाले दोस्रो, ५३ क्षेत्रत्र जितेर माओवादी केन्द्र तेस्रो, नेकपा एकीकृत समाजवादी १५ सिट जित्दै चौथो पार्टी बनेको छ ।
त्यस्तै जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जितेका छन् ।
प्रतिनिधि सभा र प्रदेससभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भएसंगै दलहरु नयां सरकार गठनमा जुटिसकेका छन् । कुनै पनि दलको बहुमत नआएकाले दलहरु मिलेर सरकार गठन गर्नुको विकल्प छैन् ।










