मान्छेका खप्पर र हातखुट्टाका हड्डी बोकेको गाडी बरामद


मोरङ । मोरङमा मान्छेको टाउकाका खप्पर र हात खुट्टाका हड्डीहरु बोकेको गाडी बरामद भएको छ । मोरङको विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट मान्छेका २८ वटा टाउकाका खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरिएको हो ।

मंगलबार प्रहरीले टोलीले रानीस्थित ढाटनजिक को. २ च. ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच गर्दा मानव खप्पर र हड्डीहरु फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलले संचारकर्मीहरुलाई बताएक छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले मानव खप्पर र हड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको तस्करी भइरहेको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार