
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य कारण कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नस्विकार्नु रहेको निष्कर्ष निकालेको छ। आज पार्टीको केन्द्रिय कार्यालय आलोकनगर बसेको स्थायी कमिटी बैठकले गठबन्धन टुट्नुको कारणबारे छलफल गर्दै गठबन्धन टुट्नुमा देउवा र प्रचण्डको हात रहेको निष्र्कष निकालेको हो ।
बैठकबारे जानकारी दिदै एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले पूर्वसहमती अनुसार देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन नमान्दा गठबन्धन टुटेको बताए । यहि कारणले गठबन्धन टुटेको भन्नेबारे अध्यक्ष माधव कुमार नेपाल पनि जानकार रहेको उनके भनाई थियो । चुनावपछि प्रधानमन्त्री हुने बिषयमा देउवा र प्रचण्डबीच भएको सहमतीबारे अध्यक्ष नेपाल जानकार रहेको प्रवक्ता खतिवडाले बताए ।
उनले नयां बनेको सात दलिय सत्ता गठबन्धनबाट प्रचण्ड नेतृत्वमा बनेको सरकारमा सहभागी हुने नहुनेबारे भोलीसम्म पार्टीको अधिकारीक निर्णय आउने समेत जानकारी दिए ।









