घाँटी रेटिएको अवस्थामा युवकको शव भेटियो

वीरगञ्ज । पर्सामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव बिन्दवासिनी गाउँपालिका ५ हासवास्थित पुल नजिकै खाल्डोमा फेला परेको हो ।

सेतो कालो धर्का भएको रातो टी सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको घाँटीमा धारिलो हतियारले काटेको प्रहरीले जनाएको छ ।

मृतकको परिचय खुल्न नसकेको र प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार