१० दिनमै जिते जुम्लाका प्रजिअले कोरोना


जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमणपछि आइसोलेसनमा बसेका थापा १० दिनमै कोरोना मुक्त भएका हुन् ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । उनले आइसोलेसनमा बस्दा आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको बताएका छन् । कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको उनको भनाइ रहेको छ ।

कोरोना मुक्त भएका प्रजिअ थापाले एक हप्ता होम आइसोलेसनमा बसेपछि नियमित काममा फर्फिने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार