फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रह।ीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-८ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुङगल बस्‍ने ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् । उनले फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सतुङ्गलबाटै पक्राउ गरेको जनाएकोछ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले बताएको छ। उनले राजेन्द्र रानामगरसहित ३ जनासँग प्रतिव्‍यक्ति १० का दरले १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार