काठमाडौं । सुदूरपश्चिमको बाजुरामा भूकम्प जाँदा घरहरु भत्किएका छन् । आज दिउँसो पौने ३ बजेतीर बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिएकाछन् । भूकम्पको धक्काले त्यहाँ स्थानियका घरहरु भत्किएका छन् ।
भुकम्पको धक्काले बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य थापाले जानकारी दिए । उनका अनुसार भौतिक तथा मानवीय क्षतिको थप विवरण आउन बाँकी छ । उद्दारका लागि त्यहाँ प्रहरी परिचालन गरिएको छ।
भुकम्पको धक्काले टेलिफोन सम्पर्कमा समेत समस्या उत्पन्न भएकाले क्षतीको विवरण संकलनमा समस्या आइरहेको प्रहरीको भनाईछ ।
भुकम्पको धम्मका बाजुराका अन्य ठाउँ लगायत छिमेकी जिल्ला बझाङ, अछाम, कंचनपुर, कैलाली, नेपालगंज लगायत भारतको दिल्लीसम्म महसुश गरिएको छ ।
यसअघि कात्तिक डोटीमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने केही मानिस घाइते हुनका साथै दर्जनौं घरहरु भत्किएका थिए ।