काँग्रेससहितको गठबन्धनको सत्ता यात्रा सुदूरपश्चिमबाट सुरु,मुख्यमन्त्री शाहलाई दुई तिहाइ बहुमत


कैलाली। एमालेसहितको पाँच दलीय गठबन्धन भत्काउँदै बनेको नयां आठ दलीय सत्तागठबन्धनको सत्ता यात्रा सुदुूरपश्चिम प्रदेशबाट सुरु भएको छ ।
सत्ता गठबन्धनको सर्मथनमा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सभा बैठकमा दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ प्रदेश सभा सदस्यबाट विश्वासको मत पाएका हुन्। ५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेका १० जना र राप्रपाका १ जना प्रदेश सभा सदस्य गरी जम्मा ११ प्रदेश सदस्यले शाहलाई विश्वासको मत दिएनन् । यसअघि एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि ठुलो दलको हैसियतले माघ २६ गते काँग्रेसका शाह मुख्यमन्त्रीमा नियूक्त भएका थिए ।

नयां सत्तागठबन्धन बनेपछि सरकार गठनको प्रकृया सुदूरपश्चिमबाट सुरु भएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि प्रचण्ड नेतृत्वको केन्द्र सरकारको मन्त्रिमण्डल विस्तार हुनेछ । जसमा आठ दलबाट मन्त्रीहरु सहभागीहुनेछन् । नयां सत्ता गठबन्धन बनेपछि केहि प्रदेश सरकारहरु पनि फेरबदल हुन सक्ने आकँलन गरिएको छ ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार