
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिक्षकहरू समाज र सिंगो व्यवस्था परिवर्तनका संवाहक भएको बताएका छन । आज काठमाडौंमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । शिक्षकले असल कुराको परिपालना गराउन, खोज र अनुसन्धानका लागि पथ प्रदर्शकको भूमिका निर्वाह गर्नुपर्ने समेत बताए । अध्यक्ष नेपालले शिक्षा क्षेत्रमा राज्यको लगानी अपुग रहेको बताउँदै बर्तमान सरकारले त्यसमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।
उनले शिक्षकहरूले नेपाली कम्युनिष्ट आन्दोलनमा विगत र वर्तमानमा खेलेको भूमिकाको प्रशंसायोग्य रहेको समेत गरे । अध्यक्ष नेपालले राज्यले शिक्षकहरूको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताए । उनले कुनै पनि बालबालिकाहरूलाई विद्यालय बाहिर राख्नु नहुने बताए भन्दै सबैले कम्तीमा कक्षा १२ सम्म पढ्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताए । आफूहरू संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताएका हुन् ।











