रविले भनेः एमालेले गृहमन्त्रीको राजीनामा माग्नु उचित छैन्

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नु उचित नभएको बताएका छन् । आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले अनुसन्धान नहुँदै एमालेले गृहमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताएका हुन् ।

अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताए । उनले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने समेत बताए । सभापति लामिछानेले बिनासेटिङ, मिलेमतो नभएर विमानस्थलबाट सुन बाहिर आउन नसक्ने बताए ।
उनले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताए ।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार