काँग्रेसको अवरोधकाबीच सरकारले आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौँ । प्रचण्ड नृतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारको हरेक बर्ष ल्याउने वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा आफ्ना वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम राष्ट्रपति पौडेलले सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदको कार्यतालीका छ ।

तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने भन्दै आउको छ । रविविरुद्ध समिति गठन नभएसम्म संसद अवरोध जारी राख्ने काँग्रेसको अडानका बीच सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गर्दा बैठक प्रभावित प्रभावित हुन सक्ने देखिएको छ ।

सरकारको नीति तथा कार्यक्रमलाई संसदमा सहज रुपले प्रस्तुत हुने वातावरण मिलाउन प्रधानमन्त्री प्रचण्डले आज बिहानेदेखि काँग्रेस नेताहरुसंग छलफल तिर्व पारेका छन् । उनले काँग्रेसलाई सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिन आग्रह गर्दै सहकारीको समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार