
काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उनले आज प्रधानमन्त्री प्रचण्डलाईलाई राजीनामा पत्र बुझाएका हुन् । यस्तै उनकै पार्टीका वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।
जसपा नेपालमा फुटेसंगै यादवले सरकार छाड्ने चर्चा चलिरहेको थियो । सजपाको हिजो बसेको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको थियो ।
















