त्रिदेशीय भ्रमण सकेर स्वदेश फर्किए माधव नेपाल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । विभिन्न तीन मुलुक इन्डोनेसिया, मलेसिया र सिङ्गापुरको भ्रमण सम्पन्न गरी शनिबार नेपाल स्वदेश फर्किएका हुन् ।

उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकमा विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गरेका थिए ।

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल मलेसिया र सिङ्गापुरको भ्रमण पनि गएका थिए । करिब एक साताको भ्रमणमा उनले तीनवटै मुलुकका शीर्षनेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार