आफ्नै कोठामा महिला मृत भेटिन

काठमाडौं । काठमाडौंमा एक महिला आफु बसीरहेको डेरामा मृत भेटिएकी छन । काठमाडौंको कपनमा डेरा गरेर बसेकी कमला केसी नामकी महिला मृत भटिएकी हुन् ।

उनले कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गरिरहेकी थिइन् । केसीको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महिला आफ्नो डेरामा हात बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मृत भेटिएकी हुन् । उनले श्रीमानसँग सम्बन्धविच्छेद गरेको पनि बुझिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार