प्रधानमन्त्रीद्धारा आजै ओली र नेपालसंग भेटवार्ता,महत्वपुर्ण छलफल

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग भेटवार्ता गरेका छन् । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओली र दिउँसो अध्यक्ष नेपालसंग भेटवार्ता गरेका हुन् ।

ओलीसंगको भेटमा पछिल्लो समसामयिक राजनीति र संक्रमणकालीन न्याय सम्बन्धी बनेको विधेयकलगायतबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डसंगको भेटवार्तामा अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय आम सभा धनगढीमा गर्ने लगायत सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

उनिहरुबीच सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा समेत छलफल भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार