इजरायल आक्रमणबारे परराष्ट्रमन्त्री साउदले गरे राजदूतसँग छलफल


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।आज मन्त्रालयमा बोलाएर राजदूत गोडरसँग इजरायलमा हमासको आक्रमणमा परि नेपालीहरु घाइते भएपछि मन्त्री साउदले त्यसबारे छलफल गरेका हुन् ।

छलफलका क्रममा मन्त्री साउदले आक्रमणपछि इजरायलको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेको उनको सचिवालयले जनाएको छ।

त्यसैगरी मन्त्री साउदको चासोका बिषयमा राजदूत गोडरले आक्रमणपछि घाइते भएका नेपालीहरुको उपचार र उद्धारमा पूर्ण सहयोग रहनका साथै उनिहरुको सुरक्षामा पनि ध्यान दिइने प्रतिवद्धता जनाएका छन् ।

राजदूत गोडरले इजरायलमाथिको आक्रमणबारे नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवाद समेत दिएका छन् ।

आक्रमणमा परि इजरायल गएका केहि नेपाली बिधार्थीहरु घाइते भएको बताइएको छ । नेपाल र इजराइलबीच भएको सरकार-सरकारबीच (जीटुजी) सम्झौता अनुसार कृषि क्षेत्रमा अध्ययनकालागि नेपाली बिधार्थी त्यहाँ हुन्।

अहिले इजराएलमा करिब आठ सय नेपालीहरू कृषि क्षेत्रमा कार्यरत रहेको गैर आवासीय नेपाली सङ्घ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारीले बताएका छन् ।
शनिबार बिहानदेखि विद्रोही समुह हमासले इजरायलमा आक्रमण जारी राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार