
काठमाडौं । जाजरकोट भूकम्पमा ज्यान गुमाउने प्रति (NAGC) नेपाल च्याप्टरले श्रद्धाञ्जली व्यक्त गरेको छ । गते शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटमा ज्यान गुमाएका १५७ जनाप्रति नेपाल च्याप्टरले सोमबार एक विज्ञप्ती मार्फत श्रद्धाञ्जली व्यक्त गरेको हो ।
(NAGC) नेपाल च्याप्टरका अध्यक्ष कैलाश कुमार पनेरुद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ, ‘२०८० कार्तिक १७ गते शुक्रबारका दिन जाजरकोट जिल्लाको रामीडाँडा केन्द्र बिन्दु बनाई ६.४ रेक्टर स्केलको भूकम्पले अर्को त्राशदिपूर्ण घटनाको पुनरावृत्ति गराएको छ । यस भूकम्पमा पनि जाजरकोट र रुकुम जिल्लामा ठूलो जनधनको क्षति भएको प्रारम्भिक खबरहरु आइरहेका छन् ।’
‘भूकम्पबाट हालसम्म १५७ जना व्यक्तिहरुको ज्यान गएको छ, उक्त घटनामा ज्यान गुमाएकाहरुप्रति (NAGC) नेपाल च्याप्टर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ, विज्ञप्तीमा लेखिएको छ ।’
साथै (NAGC) नेपाल च्याप्टरले यस संकटको घडीमा पनि प्रभावित स्थानमा उद्धार र राहत कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।













