विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको भव्य बिदाइ

काठमाडौं । विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको भव्य बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले आजएक कार्यक्रमका बीच आईसीसी टि २० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरेको हो ।

अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने टि २० विश्वकप खेल्ने टोलीको बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, गृहमन्त्री रवि लामिछाने लगायतको सहभागिता थियो ।

विश्वकप २ जुनदेखि २९ सम्म हुने क्इनले जनाएको छ । प्रतियोगितामा भाग लिन नेपाली टोली भोलि राति वेस्टइन्डिज जाने क्यानका अध्यक्ष चन्दले बताए।

नेपालको टोलीमा कप्तान रोहित पौडेलसंगै आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्।

टी–२० विश्वकपमा नेपालले ४ जुनमा नेदरल्यान्ड्स, १२ जुनमा श्रीलंका,१५ जुन दक्षिण अफ्रिका, १७ जुन बंगलादेशसंग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
कप्तान पौडेलले १० वर्षपछि विश्वकप खेल्न लागेकोमा खुसी व्यक्त गर्दै उत्कृष्ट प्रर्दशन गर्ने तयारी गरेको बताए ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले नेपालका लागि योगदान दिन पाउँदा खुसी लागेको प्रतिकृया दिए ।
नेपाली टोलीलाई जितका लागि सबैले शुभकामना दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार