दुर्गा प्रसाईँमाथि कालोमोसो दल्दै ‘केपी बा’ जिन्दावादको नारा लाग्यो


काठमाडौँ । हिन्दू धर्म र राजतन्त्रको वहालत गर्दै हिंडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि कालोमोसो दलिएको छ । राजधानीको कान्तिपथस्थित होटल हेल्लो प्यागोडामा व्यवसायी प्रसाईँमाथि नेकपा एमाले निकट युवाहरुले कालोमोसो दल्दै दुर्व्यवहार गरेका हुन् । होटलमा कार्यक्रम सकेर बाहिरिदै गर्दा उनलाई युवाहरुले लछारपछार गर्दै मोसो दलेका थिए ।

मोसो दल्दा उनको शरिरको माथिको कपडा च्यातिएको छ । प्रसाइृलाई मोसो दल्ने युवाहरुले केपी बा जिन्दावाद, महेश बस्नेत जिन्दावाद भन्दै नारा समेत लगाएका थिए ।

उनले पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गणतन्त्र र नेताहरुको चर्को विरोध गर्दै आएका थिए । अभियन्ता प्रसाईले आफै बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने धम्की दिँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार