काठमाडौं । आज पनि देशभरको मौसम सामान्य देखि पुर्ण रुपमा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पुर्वी, मध्य र पश्चिमका केही स्थानमा चट्टयांग तथा हावा हुरी सहित वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावना रहेको छ ।
यसैबीच, सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिल गरेको छ । सरकारको राष्ट्रिय विपद केन्द्रले सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै हावाहुरी र चट्याङ्ग ३ दिनसम्म आउन सक्ने भएकाले यसबाट बच्न सबैमा अपिल गरेको हो ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकाको आजको अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । सुर्याेदय विहान ५ बजेर ३७ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।