काँग्रेस केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आजदेखि पाँच दिनका लागि बन्द गरेको छ। पाँच जना केन्द्रीय सदस्यलाई  शनिबार कोरोना देखिएपछि कार्यालय पाँच दिनका लागि बन्द गरिको हो ।

कार्यालय आजदेखि असोज २२ गतेसम्म बन्द रहने छ । असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षण गर्दा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना देखिएको छ ।

करिब एक सय ६० जनाको रिपोर्ट अझै आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार