सात वटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने-मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले सात वटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको बताएकी छन् । राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले सडक दुर्घटना तथा अन्य विपदबाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको बताएकी हुन् ।

दक्ष जनशक्ति, उपकरण, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने तयारी सरकारले थालेको उनले बताइन् । यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुने उहाँको भनाइ थियो ।

उनले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नगरी शारीरिक पुर्नस्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्ने भन्दै दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता तथा मानसिक समस्यालाई सम्बोधन गर्न पुर्नस्थापना सेवाको विस्तार गर्ने सरकारको नीति रहेको बताइन् ।

अहिले ट्रमा सेन्टरमा दुर्घटनाका विरामीको संख्या बढ्दै गएपछि अस्पतालमा निकै चाप बढेको छ । ट्रमा सेन्टरमा देशभरका विरामी आउने गरेको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार