महामन्त्रीमा पराजित नेतृ खनाल भन्छिन्ः सभापतिज्यू हाम्रो प्रेरणा हो, मेरो उम्मेदवारी पदका लागि नभई कांग्रेस बदल्न थियो

काठमाडौं । काँग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदमा पराजित प्रखर नेतृ रीता खनालले परिर्बतित काँग्रेसका लागि आफ्नो नयां राजनीति यात्रा सुरु भएको बताएकी छन् । राजनीतिमा जित र हार स्वाभाविक प्रक्रिया भएको बताउँदै उनले सभापति गगन थापा आफ्नो लागि उर्जा, संघर्ष र धैर्यताको पशलिो उदाहरण रहेको समेत बताएकी छन् ।
महामन्त्री पदको मतपरिणाम आएपछि उनले अनमोलपोस्टलाई प्रतिकृया दिदै भनिन्, “नतिजा जे आएको छ स्विकार्नुको विकल्प छैन् । राजनीतिमा जित र हार स्वाभाविक प्रक्रिया हो । मत परिणाम आफ्नो पक्षमा आएन भन्दैमा निरास छैन् तर थोरै दुख चांहि लागेको छ । तर बिगतको महाधिवेशनका् मतपरिणामहरुले मलाई उर्जा दिन्छ । श्रेद्देय सभापति गगन थापाज्यु नै हाम्रो लागि पहिलो उदाहरण र प्रेरणा हुनुहुन्छ ।”
नेतृ खनालले २०७२ मा सम्पन्न काँग्रेसको १३औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापा पराजित र उनले पाएको जम्मा ५८४ मतसंग यसपटकको १५औं महाधिवेशनमा आफुले पाएको ८०४ मतले सन्तुष्टी र उर्जा दिएको बताइन् ।
काँग्र्रेसको १३औं महाधिवेशनमा शशांक कोइराला महामन्त्री बनेका थिए भने गगन थापाकै ससुरा अर्जुननरसिंह केसी पनि महामन्त्रीमा प्रतिस्पर्धी थिए।
हिजो महामन्त्रीमा गगन थापाले पाएको ५८४ मत आज काँग्रेस बदल्ने संकल्पको नेतृत्वमा पुगेकाले राजनीतिमा चुनावी हार, जित भन्दा पनि निष्ठा, इमानदारीता र निरन्तरता महत्वपुर्ण हुने नेतृ खनालको भनाइ छ ।
उनले आफ्नो उम्मेदवारी कुनै पद प्राप्तिका लागि मात्र नभई कांग्रेसलाई बदल्ने, नयाँ राजनीतिक संस्कार स्थापित गर्ने, पार्टीलाई थप व्यवस्थित र काँग्रेस साँच्चिकै व्यवहारमा बदिलिएको प्रत्यायभुती गराउन भएको बताइन् ।
नेतृ खनालले आफुलाई विश्वास गरेर महाधिवेशनमा महिला महामन्त्रीको उम्मेदवार बन्न हौसला दिने र मत हाल्नु हुने सबैप्रति धन्यवाद ज्ञापन गरेकी छन् । आगामी दिनमा पनि आफ्नो राजनीतिक यात्रामा सबैको साथ सहयोग, उर्जा र प्रेरणा पाउने उनको अपेक्षा छ ।
नेतृ खनालले आफुसंग प्रतिस्पर्धा गर्ने महिला महामन्त्रीमा निर्वाचित डा. डिला संग्रौला (पन्त) लाई बधाईसहित सफल कार्यकालको शुभकामना समेत दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार