नायिका सन्नी लियोनले सवा तीन करोड लिएर नेपाली गीतमा यस्तो डान्स गरीन

काठमाडौं । बलिउडकी बहुचर्चित नायिका सन्नी लियोनले नेपालीमा चर्को रकम लिएर नृत्य गरेकी छन् । उनले नेपाली फिल्म ‘पासवर्ड’ को ‘ सन्नी हो नाम बेबी’ बोलको गीतमा दुई करोड भारतीय रुपैयाँ लिएर बोल्ड नृत्य गरेकी हुन ।

गीतलाई बिहीवार राजधानीमा एक बिशेष कार्यक्रमको आयोजनागरी सार्वजनिक गरिएको हो ।
गीतमा अर्जुन पोखरेलले संगीत दिएका हुन भने गायिका दुर्गा खरेलले गाएकी हुन ।गीतको शब्द विक्रम जोशीले लेखेका हुन् ।

गीतको कोरियोग्राफी विष्णु देभाले गरेका छन् । उनि बलिउडका प्रख्यात डान्स कोरियोग्राफर हुन् ।
चलचित्र ‘पासवर्ड’ आउँदो भाद्र २७ गतेबाट देशभर प्रदर्शन हुदैछ ।
सन्नीको बबाल नृत्य हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार