रौतहट । थुनुवालाई बोकेर हिडेको प्रहरीको भ्यान रौतहटमा दुर्घटना भएको छ । दुर्घटनामा परी दुईजना थुनुवाको मृत्यु भएको छ भने प्रहरीसहित ८ जना घाइते भएका छन् ।
नुवाको म्याद थप गराउनका लागि चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको बताइएको छ ।
दुर्घटना चन्द्रपुर नपा ४ का २० बर्षीय मुकेश भन्ने निर्मल साह र सुनसरी इनर्वा १ का ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको छ ।










