बझाङ । बझाङमा एक दलित परिवारको निर्माणधीन घर भत्काउने स्थानिय तीन जना पक्राउ परेका छन् ।
बझाङको वित्थडचिर गाउँपालिका वडा नं –७ का पुड्के ओखेडाको निर्माणाधीन घर भत्काउने स्थानिय कृष्ण जोशी, भवानी जोशी र किथ्थे भनिने (नन्दलाल) जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडितले दिएको उजुरीका आधारमा तीनैजनार्ला पक्राउ गरेर अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । उनकाअनुसार दुबै पक्षलाई राखेर यस घटनाका सम्बन्धमा छलफल भएको र थप अनुसंन्धान हुने समेत बताए ।
उक्त स्थानमा गत मंसिरदेखि नै ओखेडाले घर बनाउन थालेका थिए । तर स्थानीयहरूले सार्वजनिक स्थलमा घर बनाएको भन्दै भत्काउनका साथै लगाइएको खेतीपाती पनि फडानी गरिदिएका छन् । पक्राउ परेका तीनैजनाको अगुवाई आएका २५ / ३० जना गाउँलेहरुले आफ्नो बन्दै गरेको घर भत्काएको ओखेडाको भनाइ छ।
पक्राउ परेका जोशी लगायत गाउँलेहरुले आफुलाई जातीय गाली गलौच गरेको समेत उनको आरोप छ । ओखेडाले २०५७ सालमै सो जमिन किनेको दावी गरेका छन् ।
विवाद जस्तो भएपनि जातीय गाली गलौच गर्दै गैरकानुनी रुपमा निर्माधीन घर भत्काउनु अन्यायपुर्ण कार्य भएको भन्दै दलित अधिकारकर्मी र विभिन्न संघ संगठनहरुले विरोध गरिरहेका छन् ।
‘